अन्तर्राष्ट्रिय

महाराष्ट्र दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

maharashtra-7-killed-15-others-injured-after-a-van-fall-from-bridge

एजेन्सी । भारतमा गएराति भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ । रातको १२.३० बजे भएको दुर्घटनाका कारण अन्य २४ भन्दा बढी घाइते भएको भारतीय सन्चार माध्यमहरूले जनाएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

उत्तरी महाराष्ट्रस्थित् धुले जिल्लाको भिन्चर क्षेत्रमा रहेको भोरी नदीको पुलबाट गाडी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 घटनाका बारेमा थप अध्ययन अनुसन्धान शुरु गरिएको र विस्तृत विवरण आउन बाँकी रहेको छ।