खेलकुद

१३ औं साग खेल उद्घाटनमा नेपाली झण्डा कमलबहादुरले बोक्ने

kamal bdr adhikari

काठमाडौं । आइतबार राष्ट्रपति विदयादेवी भण्डारीद्वारा समुद्घाटन हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् ।

भोलि हुने उद्घाटन सत्रको मार्चमा कमलबहादुरले नेपाली खेलाडीहरुको नेतृत्व गर्दै झण्डा बोक्नेछन् । यसअघि नेपालका पूर्वकप्तान पारस खड्काको पनि नाम सिफारिस भएको थियो । कमलको नाम बैकल्पिकमा रहेको  थियो ।

नेपाल ओलम्पिक कमिटीले एक विज्ञप्ती जारी गर्दै अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरिएको जनाएको छ ।