पु.समाचार

सिमरन र निश्चल बने रनवे ड्रिम्स

runway2019

काठमाडौं । ‘रनवे ड्रिम्स २०१९’को शिर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । सिमरनले ८ प्रतियोगिलाई पछि पार्दै केटी तर्फ र निश्चलले १९ प्रतियोगिलाई पछि पर्दै केटा तर्फको शिर्ष उपाधि बिजेता बनेका हुन् ।

कार्यक्रममा दुवै विजेताले आयोजकको तर्फबाट नगद १ लाख बराबरको विभिन्न अवसरका प्याकेज हात पारेका छन् ।
‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शुक्रबार अबेर साँझ थापाथली स्थित ब्लुस्टार इभेन्टस्मा सम्पन्न प्रतियोगितामा केटी तर्फ दिब्या शाह फष्टरनरअप र रीना गर्सियता सेकेन्ड रनरअफ चुनिदा केटा तर्फ मनोज मान फष्टरनर अप र आभाष भट्टराई सेकेन्ड रनरअप घोषित भए ।

साजसज्जा सहित भव्य रुपमा निर्माण भएको रनवे सहित फेसनमय बातावरमा आयोजित प्रतियोगितामा गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेशनल हेरिटेज २०१९ दुर्गा बिसुराल, ब्युटिसियन सिता न्यौपाने पाठक, म्याहन्ट बिजेता धुर्व बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेश अनर उज्वलकृष्ण श्रेष्ठ र संचारकर्मी श्रृजना दुवाल निणार्यक मण्डलमा रहेका थिए ।

प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण सहित भबिश्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउदै उज्वल भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्य रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’की सिइयो मन्जु ढकालले बताइन् ।

डा.नविन शाह निर्देशक रहेको सौदर्य प्रतियोगितामा फोटो जेनिक दिब्या शाह, कृतज्ञ थापा, मोष्टपपुलर सुस्मा थापा, सरोज राई, बेष्टवाक रीना गर्सियत, मनोज मान, बेष्टफ्रेण्डसिप प्रशान्त शाह, बेष्टस्क्रिन अनुप श्रेष्ठ र रीना प्रधान, बेष्टइष्टाइलिस निश्चल न्यौपाने, रचना कार्की, बेष्टफिजिक सुनिल राई, सिमरन चौधरी, बेष्टट्यालेन्ट रोसन सुनाम, रन्जना कठायत, बेष्टफर्सनालिटी राजेन्द्र महता, रीना गर्सियत घोषित भएका थिए ।

गायक राजबाबु नेपालको गीत, रुपा राउतको नृत्य सहित सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको संचालक तथा कोरियोग्राफर रोजिन शाक्य रहेका थिए थेन्दुप शेर्पा ग्रुमर पसएनालिटीका रुपमा रहेका थिए ।