मनोरञ्जन

हरर चलचित्र (घर) अब युटुबमाः साह्रै डरलाग्दो दृश्य (भिडीयोमा)

काठमाठौँ । नेपाली कथानक हरर फिल्म ‘घर अब युटुबमा हेर्न सकिने भएको छ । उक्त चलचित्र युट्युबमा सार्वजनिक भएको छ ।

हरर जनरामा आधारित रहेको फिल्म ‘घर’ शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो । साउन ३ गते रिलिज भएको यस फिल्ममा अपर्ण थापा ,सुरक्षा पन्त र बिनिष हमालको अभिनय रहेको छ ।

यस फिल्ममा एक घरभित्र मान्छे मरेपछि हुने भुत–प्रेतको कथा देखाइएको छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्तले अर्पणको श्रीमतिको भूमिका निभाएकी छिन् ।

फिल्ममा अर्पण र सुरक्षाका साथ अभिनेत्री बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको लगायत कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

यस फिल्मलाई निरज कँडेलको छायांकन गरेका छन् भने अर्पण थापाले निर्देशन गरेका छन् । फिल्मलाई शर्मिला पाण्डेलले निर्माण गरेकी हुन् ।

हेर्नुहोस् भिडीयोः