समाचार

उपनिर्वाचन लक्षित मुलुकका विभिन्न स्थानमा बम विस्फोट

काठमाडौं । उपनिर्वाचनको पुर्व सन्ध्या र आज बिहान मुलुकको विभिन्न स्थानमा बम विस्फोटका घटना घटेका छन् । उपनिर्वाचन लक्षित दाङ, धरान, पोखरा लगाएत विभिन्न स्थानमा शुक्रबार साँझ र आज बिहान बम विस्फोट गराईएको छ । आज मुलुकको विभिन्न स्थानमा मतदान भैरहेको छ ।

यसैक्रममा आज बिहान दाङको घोराही उपमहानगरपालिका वडानम्वर १६ को वडाध्यक्षका लागि भैरहेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको छ । दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ आज मतदात हुदैछ ।

निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । बिस्फो’टबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले बताए । कसले के बि’स्फोट गराएको हो भन्ने नखुलेको छैन ।

यस्तै धरान स्थित ठिङ्गावारी लगायत विभिन्न स्थानमा शुक्रवार मध्यराती बम विस्फोट भएको खबर प्राप्त भएको छ । ४–५ वटा शक्तिसाली बम लगातार विस्फोट भएको बताइएको छ । सन्तोस चौहानको घर नजिक बम विस्फोट भएको बताइएको छ । बिस्फो’टबाट कुनै मानविय क्षति नभएपनी हरि चौहानको घरको झ्यालको सिसा फुटेको जनाइएको छ ।

उता पोखरा–२ मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ बागमारा र पोखरा १६ अर्मलामा बम बिस्फोट भएको हो । बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो ।