समाचार

सरकारको निर्णय अनुसार सेनाले गर्यो शुल्क समायोजन

काठमाडौं । नेपाली सेनाद्वारा सञ्चालीत (नेपाली सेना स्वास्थ्य विज्ञान)ले एम.बि.बि.एसका विद्यार्थीहरुको शिक्षण शुल्क समायोजन गर्ने निर्णय गरेको छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सञ्चोलक समितिको शुक्रबार बसेको बैठकबाट शैक्षिक वर्ष २०७३र७४ मा भर्ना भएका एम.बि.बि.एस छैठौं ब्याचका विद्यार्थीहरुको शुल्क नेपाल सरकारको निर्णय बमोजिम चिकित्सा शिक्षा आयोगबाट निर्णय भई आएपश्चा्त् समायोजन गर्ने नीतिगत निर्णय भएको हो ।

साथै शैक्षिक वर्ष २०७४र७५ मा भर्ना भएका एम.बि.बि.एस सातौं ब्याचका विद्यार्थीहरुको शिक्षण शुल्कको हकमा डिनको कार्यालयको पत्रानुसार तोकेको शिक्षण शुल्क लिने गरी समायोजन गर्ने निर्णय गरिएको छ । यसरी समायोजन गरिएको शुल्क विद्यार्थीहरुले तिर्नु पर्ने आगामी शिक्षण शुल्क किस्तामा घटाएर भुक्तानी गर्न पाउने ब्यवस्था समेत गर्ने निर्णय गरिएको छ ।

नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा सञ्चा लित उक्त स्वास्थ्य विज्ञान संस्थानले स्वास्थ्य विज्ञानको क्षेत्रमा दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्न अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा नवीनतम ज्ञानको सृजना तथा नेपाली सेना र समग्रमा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिबृद्धि गर्नको लागि नेपाल सरकारबाट प्राप्त् नीति नियममा रही कार्यहरु गर्ने गरेको साथै भविष्यमा समेत सोही अनुसार गर्ने नेपाली सेनाले बताएको छ ।