राजनीति

रविन्द्र मिश्र भन्छन्ः स्वार्थलिप्त र भ्रष्ट राजनीतिक नेतृत्व सबैभन्दा ठूला राष्ट्रघाति हुन्

काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले स्वार्थलिप्त र भ्रष्ट राजनीतिक नेतृत्व सबैभन्दा ठूला र दूरगामी राष्ट्रघाति भएको बतएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै मिश्रले यस्ता उल्लेख गरेका छन् । साथै उनले यस्ता व्यक्तिबाट देशको स्वभिमान, राष्ट्रियता, सीमा र संवृद्धि केहीको पनि रक्षा हुन नसक्ने उल्लेख गरेका छन् ।

 

उनको ट्वीटरः स्वार्थलिप्त र भ्रष्ट राजनीतिक नेतृत्व सबैभन्दा ठूला र दूरगामी राष्ट्रघाति हुन् । तिनबाट देशको स्वाभिमान, राष्ट्रियता, सीमा र संवृद्धि केहीको पनि रक्षा हुन सक्दैन।