अन्तर्राष्ट्रिय

अल्बानिया भूकम्प (अपडेट) झण्डै ५० को मृत्यु, पाँच हजार विस्थापित

एजेन्सी । अल्बानियामा आएको भूकम्पका कारण झण्डै ५० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी विस्थापित भएका छन् । अल्बानियाका प्रधानमन्त्री इडी रामाले भूकम्पका कारण देश घाइते भएको टिप्पणी गरेका छन् । उनले शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ४९ पुगेको जानकारी दिए । 

गत मङ्गलबार आएको ६।४ म्याग्नीच्युडको भूकम्पका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ ।

शक्तिशाली भूकम्पपछि पनि पाँच म्याग्निच्यूडका पराकम्पन आउँदा थप घरहरू भत्किने तथा चर्किने क्रम जारी रहेकाले उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको अधिकारीहरुले बताएका छन् । क्षति भएका घर तथा भवनहरूमा प्राविधिक ९इन्जिनियर०ले परीक्षण नगरेसम्म प्रवेश नगर्न प्राविधिकहरुले आग्रह गरेका छन् ।

डुरेस र थुमानमा दुई हजार मानिस आफ्नो घरबाट अन्यत्र सरेका छन् । उनीहरु अर्काको घरमा तथा होटलहरुमा बसेको बताइएको छ । त्यसैगरी राजधानी तिरानाका पनि ३४ सय ८० मानिस अन्यत्र आश्रयस्थलमा बस्दै आएका छन् । कतिपय भने आफन्तकोमा बसेका छन् ।