अन्तर्राष्ट्रिय

इराकी प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा

adel-abdel-mahdi agree to resign

एजेन्सी । इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन् । उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन् ।

इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाव दिएका थिए । सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजिनामा दिने घोषणा गरेका हुन् । “मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा पेस गर्नेछु,” उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् । पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए ।