मनोरञ्जन

‘१२ सत्ताईस’को रिलिज डेट सर्यो

12 SATTAIS

काठमाडौं । नेपाली कथानक चलचित्र ‘१२सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ।यस अघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस प्रा.ली. ले जनाएको छ।

‘१२सत्ताईस’को प्रचारप्रसारको लागी समय कम भएको र चलचित्रलाई अन्तिम रुप दिन केही प्राबिधिक काम समेत बाँकि रहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नु परेको निर्माण कम्पनीले जारी गरेको नोटिसमा उल्लेख छ।

लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहिदिन अघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। चलचित्रमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ। जोन योञ्जनद्वारा निर्देशीत चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोनराज, भीस्म जोशि, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेकोछ।

चलचित्र रेणु राना, दिपक खातियोडा, र रुपक थापाले निर्माण गरेका हुन् भने चलचित्रका लागी सहनिर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ । अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन्। चलचित्रको कथा निर्देशक जोनले नै तयार पारेका हुन्।