आर्थिक

माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आवद्ध

MACHCHHAAPUCHHRE-BANK.

माछापुच्छ्रे बैंक लि. को सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अव मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक लि.मास्टर कार्डलिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आवद्ध भएको हो ।

अव ग्राहक महानुभावहरुले माछापुच्छ्रे बैंक लि. को १७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्समार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिटैनै आफ्ना ग्राहकहरुलाई मास्टरकार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भीसा, यूनियन पे, मास्टरकार्ड  र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँप्र विधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने, क्यू. आर. कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फतबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ ।