कृषि

वीरगन्जमा हक्स पावर उद्योग खुल्यो

birganj-uddyog

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर-२१ मा रहेको हक्स पावर नेपालको उद्घाटन गरिएको छ । उद्योगको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर विजय सवरागीले विभिन्न क्षेत्रमा अनुभाव संगालेका व्यक्तिबाट उद्योग संचालनमा आएका कारण यसले वीरगन्ज सहित यस क्षेत्रका आम नागरिकहरुको समस्या समाधान गर्न सक्नेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै, बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले मनोज गुप्ता जीले हाँसिल गरेको अनुभव अब  व्यवहारमा उतार्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले अब बारा र पर्साका भान्छाहरु धुँवा रहत चुल्हो तर्फ आकर्षित भइ यो उधोगले यसमा नागरिकहरुलाई सघाउने विश्वास ब्यक्त गरे ।

उद्योगका संचालक सीमा गुप्ताको संचालनमा रहेको उधोगको आज(शुक्रबार) आयोजित उद्घाटन सत्रको अध्यक्षता उधोगका प्रवन्ध निर्देशक मनोज गुप्ताले गरेका थिए । कार्यक्रममा रेडक्रसका केन्द्रीय कोषाध्यक्ष श्याम पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विश्व वातावरण संघबाट एक नम्बरमा सम्मानित भएपछि आफूले सुधारिएको चुल्हो उधोग गाउँ समाजमा आवश्यक रहेको महसुस गरी सुधारिएको चुल्हो उधोग उत्पादन गर्ने उधोग संचालन गरेको उधोगका प्रवन्ध निर्देशक मनोज गुप्ताले जानकारी दिए ।