पु.समाचार

७० वर्ष माथिका ज्येष्ठ कलाकारहरू सम्मानित

hastkala-mahasangh

काठमाडौं । नेपाल हस्तकला महासङ्घले हस्तकला विधामा लामो समय योगदान गरेका दश ज्येष्ठ कलाकारलाई सम्मान गरेको छ । महासङ्घले १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको अवसरमा कलाकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा काष्ठकला विधामा ललितपुरका ८४ वर्षीय बद्रीकृष्ण शिल्पकार, सेरामिक्समा भक्तपुरका ८३ वर्षीय न्हुच्छेभगत प्रजापति, धातुपत्रकलामा ललितपुरका ८२ वर्षीय प्रेमकृष्ण ताम्राकार, धातु मूर्तीकलामा ललितपुरका ७९ वर्षीय माइला शाक्य, तामा, पित्तलकलामा ललितपुरका ७८ वर्षीय हेमरत्न बज्राचार्य रहेका छन् ।

यस्ती मुगाकलामा ललितपुरका ७६ वर्षीय कान्छा शाक्य र चाँदीको धार्मिक कलामा ललितपुरका ७५ वर्षीय हेरारत्न शाक्य, हस्तीहाडकलामा ललितपुरका ७४ वर्षीय पूर्णविश्वकर्मा स्थापित र चित्रकलामा काठमाडौँका ७३ वर्षीय रत्नबहादुर बज्राचार्य सम्मानि भएका छन् ।

सम्मानित भएका ज्येष्ठ कलाकारले नेपालको हस्तकलामा चार दशक बढी योगदान दिएको महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।