समाचार

युवतीमाथि बलात्कार गरेको अभियोगमा सिद्धबाबा पक्राउ

siddha baba arrest from sunsari

सुनसरी । प्रहरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई युवतीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ । उनी सुनसरीको चतरास्थित आश्रमबाट पक्राउ परेका हुन् ।

गिरीले गत ४ कात्तिकमा बलात्कार गरेको भन्दै उनकै अनुयायीले काठमाडौंसम्म आएर किटानी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

सुनसरी प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलले पक्राउ गरिएको पुष्टि गर्दै सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।