पर्यटन/संस्कृति

रामजानकी विवाहपञ्चमी महोत्सव: राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरको परिक्रमा एवम् दर्शन

bidha-devi-bahdnari-ram-janaki-mandir

धनुषा । जनकपुरधाममा भइरहेको रामजानकी विवाहपञ्चमी महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी  सहभागी भएकी छिन। आज(शुक्रबार) अपरान्ह १२ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत् जनकपुर आपुगेकी राष्ट्रपति भण्डारीले  जनकपुरधाम पुगेर जानकी मन्दिरको परिक्रमा, दर्शन एवम् पूजाअर्चना गरेकी छन् ।

करिब ४५ मिनेट पूजाआजाका क्रममा मन्दिर परिसरभित्र रहेकी राष्ट्रपति भण्डारीले साधुसन्तहरूसँग पनि भेट गरेकी हुन् । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि जनकपुर पुगेका छन् ।

धार्मिक एवं सांकृतिक पर्वको रूपमा रहेको रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन प्रत्येक ५ वर्षमा एक पटक अयोध्याबाट साधुसन्त सहभागी रहेको दुलहा रामको जन्ती जनकपुर आउने गर्दछन् । १५ मंसिर अर्थात् आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन यस वर्ष पनि अयोध्याबाट ५ सयभन्दा बढी साधुसन्तको जन्ती हिजो बिहीबार जनकपुर आइपुगेका छन् ।