आर्थिक

अब लगानी गर्न १८-२० वटा कार्यालय धाउनु पर्दैन- अर्थमन्त्री खतिवडा

dr. yuvraj khatiwada

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी ल्याउन  आह्वान गरेका छन् । नेपाल-चीन लगानी समन्वय र व्यापार म्याचिङ विषयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले  नेपालमा लगानीको वातावरण बनाउँदै लगेको उल्लेख गर्दै सो कुरा बताएका हुन् । 

कर, मुनाफा फिर्ता लैजान साथै कम्पनी दर्ता गर्न धेरै कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउँदै उनले भने, यसअघि प्रशासनिक र कम्पनी दर्ताका लागि १८-२० वटा कार्यालय धाउनुपर्ने अवस्था थियो, अब एकै स्थानबाट सबै सेवा प्राप्त गर्न सक्नुहुनेछ ।”

हालै विश्व बैंकले सार्वजनिक गरेको ‘डुइङ बिजनेश इन्डेक्स’मा नेपाल १६ स्थानले माथि उक्लिएको भन्दै यसले पनि नेपालले लगानीका लागि गरेको सुधार प्रष्टाएको बताए । “विश्व बैंकको रिपोर्टले पनि हामी अगाडि बढेको देखाउँछ, हामीलाई लगानी चाहिएको छ, लगानीका लागि आग्रह गर्छु,” उनले भने । 

मध्यमखालको लगानीका लागि उद्योग विभागमा एकद्धार सेवा केन्द्र संचालनमा ल्याएको र ठुला लगानीका लागि लगानी बोर्डले सहजिकरण गरिरहेको उनले बताए ।