पु.समाचार

मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा युवकको हत्या

yuwako hatya

कन्चनपुर । मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा युवकको हत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज(शुक्रबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । 

भीमदत्त नगरपालिका–१८ गोबरैयामा बिहिबार२२ वर्षीय दीपक पन्तले मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा उनीहरुले चक्कु र हेलमेट प्रहार गरेर पन्तको  हत्या गरेका थिए ।

प्रहरीले हत्यामा संलग्न भीमदत्त नगरपालिका–४ का ३० वर्षीय महेश नाथ, वडा नम्बर १५ का २२ वर्षीय गम्मा भनिने गणेश लुहार, रोनी भनिने नविन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट पन्तको हत्यामा प्रयोग भएको एक थान चक्कु, से १ प ३७७८ नम्बरको मोटरसाइकल र म ३ प १०७० नम्बरको स्कुटी बरामद गरिएको प्रहरी प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिए । 

प्रहरी प्रवक्ता  चन्दक अनुसार मोटरसाइलमा सवार पन्तलाई चार जनाको समूहले आफूहरुको स्कुटरलाई ‘ओभरटेक’ गरेको निहुँमा कुटपिट गरेका थिए । कुटपिटबाट घाइते पन्तलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारत रेफर गरिएको थियो । भारत लैजादै गर्दा पन्तको बाटोमा मृत्यु भएको हो ।