पु.समाचार

हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु

झापा । झापामा हात्तीको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको कचनकवल गाउँपालिका वडा नं- ७ का ५५ वर्षीय काया राय क्षेत्रीको बिहिबार राति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । 

मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका जनाइएको छ ।