गण्डकी प्रदेश

नेकपा संसदसहितको टोलीले निर्बाचन आचारसंहिता उलंघन गर्न खोज्दा स्थानीयले लिए नियन्त्रणमा

बागलुङ । बागलुङ –२को २ तमानखोला गाउपालिका( १ बोङ्गादोभानमा बागलुङ–२ को प्रदेश –१ का सांसद चन्द्र बहादुर बुढा आज बिहान पुगेर विभिन्न बिकास आयोजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभन दिईरहेको अबस्थामा स्थानीयले सोध–पुछ गरि आचारसंहिता बिपरित मतदाता प्रभावित गरेको भनी गाडी नियन्त्रणमा लिए ।

प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमोका जिल्ला अध्यक्ष अमर थापा, गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गोविन्द नेपाली लगायतका नेताहरु थिए। निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गर्दै क्षेत्रका विभिन्न ठाउँमा विकास आयोजनाहरु दिने , साधन स्रोत उपलब्ध गराउने लगायत नगद बाढ्ने प्रयास गरेपनि स्थानीयको अबरोधका कारण सफल हुन सकेन।