समाचार

सन् २००३ मा नै भारतसंग सीमाको बिषयमा टक्कर गर्नु देउवा राष्ट्रबादीः परराष्ट्रविद आचार्य

काठमाडौं । नेपालका सुदूरपश्चिमका भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचिएको बिषयमा सुईक्क पनि नबोलेका प्रधानमन्त्री ओलीको बिरोधमा उत्रिएका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले २००३ मा प्रधानमन्त्री हुँदा भारतसँग टक्कर लिएको परराष्ट्रबिद मधुरमण आचार्यले दाबी गरेका छन् ।

श्यामसरण भारतीय राजदूत हुँदा दबाब दिएको भएपनि उक्त दबाबका बिरुद्ध ‘सन् १९५० को सन्धी र कालापानीको विषय हटाउनका लागि मलाई कन्भिन्स गर्न प्रयासका लागि नेपालका लागि तत्कालिन भारतीय राजदूत श्याम शरणले दुईजना प्रभावशाली राजनीतिक व्यक्तित्वलाई पठाए। हामीले जोड गरिरह्यौँ र त्यो एजेन्डा जीवित राख्न सक्यौँ, त्यसमा नेपालको अडान परिवर्तन नगर्ने प्रधानमन्त्री देउवाको बुद्धिमत्तालाई पनि धन्यवाद भन्नुपर्छ’ भएको परराष्ट्रविद आचार्यले बताएका छन् ।

सभापति देउवा त्यसबेला प्रधानमन्त्री हुँदा अडान लिएर बुद्धीमतापूर्ण निर्णय गरेको भन्दै देउवाले मुलुकको राष्ट्रियताका लागि राम्रो काम गरेको संकेत गरेका छन् । नाकाबन्दीको समयमा भारतीय प्रधानमन्त्रीसंग चर्काचर्की गरेर बिरोधमा उत्रिएका नेकपा अध्यक्ष समेत रहेका प्रधानमनत्री ओली राष्ट्रियताका पक्षमा कडा कुरा गर्न हिच्किचाईरहेका छन् भने पुर्व प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय राष्ट्रियताका सवालमा शुन्य सहनशीलतामा देखिएका छन् । परराष्ट्रविद आचार्य जस्तो बौद्धिकबृतबाट सभापति देउवाको प्रमाणसहित प्रशंसा हुनु राजनीतिक रुपमा अर्थपूर्ण देखिन्छ ।