अन्तर्राष्ट्रिय

‘बक्सर’को रुपमा राष्ट्रपति ट्रम्पको नयाँ अवतार !

trump[

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर ह्यान्डलमार्फत निकै सक्रिय रहन्छन् । पछिल्लो समय उनले उत्तर पश्चिमी सिरियामा इस्लामिक आतंकवादी संगठन (आइएस)का भूतपूर्व अबू बकर अल-बगदादीमाथि हमलाको दौरान घायल भएको एक कुकुर(डग कोनान)लाई पदक दिएर सम्मान गरेका थिए ।

उनले त्यस समय कोनानसँग खिचाएका थुप्रै फोटोहरू आफ्नो ट्वीटर ह्यान्डलमा सेयर समेत गरेका थिए । जसको सामाजिक सञ्जालमा मिम्स एवम् ट्रोल बनेको थियो ।

यसैबीच पुन: एकपटक राष्ट्रपति ट्रम्पले सोहिप्रकारको फोटो सेयर गरेर ट्रोलको शिकार बन्न पुगेका छन् । उनले सेयर गरेको फोटोमा उनी बक्सर जस्ता देखिएका छन् । उक्त फोटो सामाजिक सञ्जाल पुन: एकपटक चर्चापरिचर्चाको केन्द्र बनेको छ ।

राष्ट्रपति ट्रम्पद्वारा सेयर गरिएको उक्त फोटो फिल्म ‘रक्की-३’ को याक्टर सिलवेस्टर स्टैलोनको जीउमा आफ्नो अनुहार लगाइएको छ । सिलवेस्टर स्टैलोनको फिल्मको पोस्टरमा रहेको तस्बिरमा आफ्नो अनुहार लगाएर उनले बिना क्याप्सन उक्त फोटो सेयर गरेका थिए ।

यससँगै उक्त फोटोमा कमेन्टको बाढी आएको छ । एक व्यक्तिले लेखेका छन्- “के साच्चै तपाई आफूलाई यसैतरह देख्ने गर्नुहुन्छ ?”