अन्तर्राष्ट्रिय

अचानक अफगानिस्तान पुगे राष्ट्रपति ट्रम्प

trump at afganistan with taliwan

एजेन्सी । अमेरिकीकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक अफगानिस्तान पुगेर तालिवानसँग शान्ति वार्ता गर्ने उद्घोष गरेका छन् । ‘बगराम एयर फील्ड’ पुगेर अफगानिस्तानमा कार्यरत अमेरिकी सेनालाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति ट्रम्पले आफ्ना सैनिकहरूलाई अमेरिका फिर्ता गर्ने कुनै समय सिमा तोक्न नसक्ने कुरा बताएका हुन् ।

एक प्रश्नको उत्तर दिने क्रममा राष्ट्रपति ट्रम्पले भने- हामी तालिबानसँग फेरी वार्ता शुरु गर्न इच्छुक छौं  । तालिवान हामीसँग सम्झौता गर्न चाहिरहेको छ, हामी पनि उनीहरूसँग मिल्न गइरहेका छौं । जब हामी संघर्ष विराम चाहन्थ्यौं उनीहरू युद्ध चाहन्थे । अहिले उनीहरू शान्ति चाहिरहेका छन्, मलाई लागिरहेको छ शान्तिवार्ता सफल हुनेछ ।”

पछिल्लो समयमा अफगानिस्तानमा काफी प्रगति भएको छ । अफगानिस्तानमा अमेरिकाको सबैभन्दा ठुलो हवाई क्षेत्रमा राष्ट्रपति अशरफ गनीको साथ् हतारहतार आयोजित द्विपक्षीय बैठकको क्रममा उनले संवाददाताहरूसँग भने- “हामी(अमेरिकी सैनिक) तबसम्म यहाँ रहन्छौं जबसम्म अफगानिस्तानमा आतंकवाद निर्मुल गरिनेछैन   ।” 

राष्ट्रपति ट्रम्पले पुष्टि गरिदिएका छन् अब अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या विगतको तुलनामा भारी मात्रामा घटाइनेछ । साथै हाललाई ८,६०० को हाराहारी अमेरिकी सैनिकहरू अफगानिस्तानमा रहनेछन्  ।