राजनीति

म चीन जान लागेको हुँ – अध्यक्ष दाहाल

काठमााडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफु छिट्टै चीन भ्रमणमा जान लागेको बताएका  छन ।  आज(शुक्रबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

उनले भने, “चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणपछि म चीन जान लागेको हुँ । आफ्नो आगामी चीन भ्रमणले जनमत निर्माण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मैले विश्वास लिएको छु ।’

उनले नेपाल एक चीन नीति प्रति आफू प्रतिबद्ध रहेको बताउँदै चीनको भ्रमणमा जान लागेको बताए । एक प्रसंगमा बोल्दै अध्यक्ष दाहालले सिमा विवादको बारेमा नेपाल, भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको जनाएका छन । उनले चिनियाँ राष्ट्रपति पहिले भारत भएर नेपाल आउनु पनि अर्थपूर्ण रहेको बताएका छन ।