राजनीति

प्रधानमन्त्री अझै १० दिन काममा आउन नसक्ने, राजीनामा/अर्कैलाई कार्यबाहक दिन जनताको आयो दबाब

pmoli

काठमाडौं । महाराजगंजस्थीत म्शिक्षण अस्पतालको मनमोहन कार्डिायोथोरासिक तथा भाष्कुलर सेन्टरमा उपचाररतः प्रधानमन्त्रीकेपी शर्मा ओली अझै एक हप्ता अस्पतालमा नै रहने उपचारमा संलग्न डाक्टहरुले बताएका छन् । चिकित्शक दिव्या सिँह भण्डारीका अनुसार डायलासिस गराईरहनुभन्दा प्रत्यारोपण उत्तम विकल्प हो, उपचारपछि सामान्य हिँडडुल गर्न र मुखबाट खाना खान थालेका छन् । १२ बर्ष अगाडी मृगौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको पुनः प्रत्यारोपण गर्नलागिएको डाक्टरले बताएका छन् । यसभन्दा अगाडी प्रधानमन्त्रीलाई डायलासिस गरिएपनि अब प्रतयारोण गनुपर्ने आवश्यक्ता अनुसार तयारी गरिएको हो ।

विशेषज्ञ चिकित्सक डा. रमेशसिंह भण्डारीका अनुसार, “प्रधानमन्त्रीज्यू एकसाता अझै अस्पतालमा रहनुहुन्छ । दश दिनपछि नियमित काम गर्न, अन्तर्वार्ता दिन सक्नुहुन्छ । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको छ। ” प्रधानमन्त्रीलाई आफ्नो काममा फर्कन अझै १० दिन लाग्ने चिकित्शकले आजको पत्रकार सम्मेलनमा बताईएको छ । प्रधानमन्त्री बिरामी हुँदा देशको नेतृत्वसहित गर्नुपर्ने दैनिक कामहरु प्रभावित भएको भन्दै राजनीनामा दिन वा उपप्रधानमन्त्रीलाई कार्यबाहक प्रधानमन्त्री दिन जनस्तरबाट दबाब आईरहेको छ ।

सामाजिक सञ्जालमा बौद्धिकबृतबाट प्रधानमन्त्रीले आफू बिरामी हुंदा महत्वजपूर्ण कामहरु बिग्रन नदिन राजीनामा दिनुपर्ने वा अर्कैर्ला अधिकार दिनुपर्ने भन्दै ब्यापक बिरोध भईरहेको छ । उनीहरुले प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा चिन्ता भएपनि उनी लामो समय बिरामी हुँदा कालापानी लगायतका बिबादहरुमा सरकारले केही गर्न नसकेको दृष्टान्त बुझ्न समेत नजिर पेह गरेका छन् ।