आर्थिक

फोस्टर्स लागर बियर अब नेपालमा

काठमाडौं । राजब्रुअरी प्रा.लि. ले आजदेखी नेपालमाऔपचारिक रुपमाफोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै यस्तो बतएको छ ।

फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर भएको र अष्ट्रेलियाको बियर संस्कृतिद्वारा प्रेरित रहि अन्ततःपुनस्फूर्ति प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथवार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमाफोस्टर्सले आफ्नो प्रभाव जमाएको छ । फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनिहालसालै नेपालमा ल्याईएको थियो ।

फोस्टर्स लागर बियरको उत्पादन एक अद्भूत प्रक्रियाका साथ हुने र वरफले बियरलाई झण्डै शुन्य डिग्रीतापक्रममा छान्ने साथै फोस्टर्स वर्षैभरी पुनस्पूmर्तिका लागि एकदम सहीबियर भएको कम्पनीको दाबी छ । यस वर्षको प्रारम्भमा नै राजब्रुअरी प्रा.लि.ले विश्व प्रसिद्ध बियर निर्माता एबिइनबेभबीच विश्वका केही ख्याति प्राप्त बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा एक विशेष साझेदारसम्बन्धि सम्झौता सम्पन्न भएको थियो ।

राजब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबिइनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यतादिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी भएको बताईएको छ । जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्रीहुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका उत्पादनहरु पर्दछन् ।

राजब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियमजर्मन बियरको बोटलिङ र उत्पादनगर्दै आइरहेको छ, जुनबियरलाई नेपालकाबियर प्रेमीहरुले अत्यन्तकम समयमा नै अभिन्न हिस्सा बनाएका छन् । अब, चाँडै नै नेपालले यहीं नै उत्पादित बडवेएजर, बडवेएजर म्याग्नम, र फोस्टर्स गोल्ड साथसाथै एबिइनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरुबाट आयातगरिएका कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्दलिन सक्नेछ ।