सूचना प्रविधि

एनसेलको चमत्कार’ योजनामा पुरस्कार

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार जनही रु २ लाखनगद पुरस्कार वितरण गरेको छ ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येकमहिना रु १० लाखजित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ता का पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार दुई ग्राहकले जनही रु २ लाखनगद पुरस्कार ग्रहण गरेका छन् । बाँकीविजयीग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् ।

पहिलो हप्ताका पाँच विजयी मध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफुले पाएको नगद रु २ लाख पुरस्कार बिहीबार एक कार्यक्रममाझ ग्रहण गरेकी छिन् ।

त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराकामनोज कुमार यादवले पनि रु २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् ।