पु.समाचार

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

matoko-dhisko-chandragiri-nagrpalika.j

काठमाडौं । चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्ती रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले बताए । बाटो बनाउने क्रममा एक्कासि माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको उनले बताए ।

मृतकको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।