मनोरञ्जन

कृपा अनप्लग्डमा कन्दरा ब्याण्डको तिमी पारी र लेककी हे माया

kanadara-kripa-

धरान । नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छन् ।

गत वर्षको धरान, दमक, बिर्तामोड र बुटवलको सफल सांगीतिक टुरपछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुरानासँगै नयाँ गीतहरु ल्याएर दर्शक- श्रोताहरुको उत्तिकै माया पाइरहेका छन् ।

अहिलेको नया पुस्तामाझ पनि कन्सर्ट, सोसल मिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीत हरु “तिमी पारी त्यो गाउंमा” र “लेक कि हे माया” कृपा अनप्लग्डको नया श्रंखलामार्फत युट्युबमा  भर्खरै रिलिज गरिएको छ  ।

९० को दशकको यो दुई गीत कन्दराको क्यारियरकै उत्कृष्ट गीत मानिन्छ । रिलिज को ३/४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्स सँगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो अल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक  विवेक श्रेष्ठ बताउछन् ।

नेपालमा लाइभ  साङ्गितिक प्रस्तुतीलाई अर्कै उचाईमा लैजान कृपा अनप्लग्डको विशेष भूमिका छ । जसको कारण यही कार्यक्रमको लागी ब्यान्डका गायक विवेक श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आई ब्यान्डसँग प्रतयक्ष् प्रस्तुत भएका थिए।

विगत २७ वर्ष देखी कन्दरा नेपाली संगीतमा अनवरत रुपमा लागिरहेको छ। नेपाली संगीतमा विशुद्ध र सरल शब्द, संगीत र स्वर्को सम्मिश्रण गर्ने कन्दरा ब्यान्ड चाडै नै  देशव्यापी सांगीतिक टुरको तयारीमा समेत रहेका  छन्। कन्दराको  हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डाँडापारी , बिदेसिएर गईन उनि, फुल्चोकिको  डाडैमा लगायतका  गीतहरु चर्चित छन।