पु.समाचार

नेकपाका गाउँपालिका अध्यक्षका उम्मेदवार चौधरीको घरमा बम विस्फोट

pipara gaupalika adhykshya

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षका उम्मेदवार विक्रम चौधरीको घर नजिकै बिहीबार बम विस्फोट भएको छ ।

विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको बताइएको छ । घटनामा मानवीय क्षति भने भएकाे छैन । 

नेपाली सेनाको टोली घटनास्थल  पुगेर अनुसन्धान शुरु गरेको महाेत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ ।