आर्थिक

धरान र इटहरीमा जावलाखेल ग्रुपको शिष्टाचार तालिम सम्पन्न

धरान । धरान र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ धरानमा हस्पिटालिटी तथा कस्टमर सर्भिस विषयको तालिम सम्पन्न गरेको छ ।

धरान स्थित गजुर होटेलमा र इटहरीको पाथिभरा होटलमा सम्पन्न उक्त तालिममा धरान र इटहरीको विभिन्न होटल तथा रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई ग्राहकसंग गर्ने व्यवहार, शिस्टाचार स्वागत, सत्कारका तरिका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । तालिमले मदिरा बजारलाई व्यवस्थित तथा मर्या्दित बनाउनुका साथै यसले होटलमा कार्यरत कर्मचारीको जीवनस्तर उकास्न र क्षमता अभिवृद्धि तथा सीप विकास गर्न सहयोग गर्ने जावलाखेल ग्रुपको म्यानेजर विजय मानन्धरले बताए ।

अठार वर्ष देखि हस्पिटालिटी तथा कस्टमर सर्भिसको अनुभव प्राप्त हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा कार्यरत श्याम श्रेष्ठले धरानमा पचास जना र इटहरीमा सय जना भन्दा बढि सहभागिहरुलाई तालिम दिएका थिए ।
कार्यक्रममा विभिन्न होटेल, लज तथा यस सँग सम्बन्धित व्यापार व्यवसायमा संलग्न व्याक्तिहरुलाई तालिम प्रदान गरिएको थियो ।