आर्थिक

वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता

nts and rbb

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा जि.एस.एम.सिमकार्ड उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जि.एस.एम.सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताए । उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने विचार व्यक्त गरे । नेपाल दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुवै संस्थाको यो व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताए ।

उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा कम्पनी सचिव भोलानाथ पौडेलले कार्यक्रम संचालन गरेकी थिइन् ।

समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, नेपाल दूरसंचार कम्पनी लिमिटेडका प्रमुख व्यवसायीक अधिकृत गोकर्णप्रसाद सिटौला, प्रमुख वित्तीय अधिकृत प्रदिपराज उपाध्याय लगायतकोे उपस्थिती रहेको थियो ।