पु.समाचार

लागूऔषधसहित एक पक्राउ

arrest

काठमाडौं । प्रहरीले लागुऔषध बुधबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने ४३ वर्षीय मनोज खत्री रहेका छन् ।

ललितपुर महानगरपालिका-९ बालकुमारी स्थित एनसीआइटी कलेजको पार्किङ्गमा चार्ज राखेको मोवाईल चोरी गरेको अवस्थामा पार्किङ्गको कर्मचारीले फेला पारेपछि  प्रहरीलाई प्रहरी खबर गरिएको थियो । खबर पश्चात महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा खत्रीको साथबाट विभिन्न कम्पनिको मोवाईल ५ थान, लागुऔषध नाईट्राभेट ३ ट्याब्लेट, ट्रमा १० ट्याब्लेट र नगद २१ हजार ४ सय ४५ रूपैयाँ  बरामद गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।