खेलकुद

साग: पुरुष भलिबलमा माल्दिभ्स पराजीत

saag 13th, maldives vs pakistan

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत समूह बीको पहिलो खेलमा पाकिस्तानी भलिबल टोलीले  विजयी सुरुआत गरेको छ । आफनो पहिलो खेलमा माल्दिभ्समाथि ३-० को सोझो सेटमा नतिजा निकाल्दै पाकिस्तानले विजयी सुरुआत गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय कर्भडहलमा भएको खेलमा पाकिस्तानले पहिलो सेटमा २५-६ को जित निकाल्दै दोस्रो सेट २५-१३ सहित आफनो पक्षमा पारेको थियो । उसले  तेस्रो सेटमा २५–१५ को नतिजा निकाल्दै जीत सुनिश्चित गरेको हो   । 

पाकिस्तानले  शनिबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ भने माल्दिभ्सले माल्दिभ्सले भोली (शुक्रबार) श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ । 

समूह ए अन्तगर्त  भारत-बंगलादेशबीचको खेल केहीबेरमा शुरु हुँदैछ । उपाधिको दाबेदार मानिएको भारतको यो पहिलो खेल हो । यसअघि बंगलादेशले हिजो आयोजक नेपालमाथि जित निकालेको थियो ।