पु.समाचार

हुम्ला टिपर दुर्घटनाका घाइतेहरूको सेनाको हेलिकोप्टरद्वारा उद्दार

humla tipper accident

सिमकोट । हुम्ला टिपर दुर्घटनामा घाइते भएकाहरूको नेपाली सेनाद्वारा उद्दार गरिएको छ । जिल्लाको नाम्खा स्थित् सल्ली खोलाबाट नेपाल खाद्या संस्थानबाट चामल ल्याएर सदरमुकाम सिमिकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर हिजो(बुधबार) सिमकोट-डाँडालाग्ना सडक खण्डमा दुर्घटना भएको थियो ।

उनीहरूलाई नेपाली सेनाको एमआई १७ हेलिकोप्टरद्वारा नेपालगंज ल्याइएको हो । दुर्घटनामा घाइते भएका ११ जनालाई प्राथमिक उपचार गरेपश्चात नेपालगन्जको भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो  ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का गाउँका ४५ वर्षीय छिरिङकार्मा लामा, ३५ वर्षीय नरी लामा, खार्पुनाथ गाउँपालिका-१ प्युसका बबरजंग शाही र स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी सिमकोट-६ का बक्त रोकायाको मृत्यु भएको हो । ३ जनाको घटनास्थलमै र बक्त रोकायाको उपचारका क्रममा हुम्ला जिल्ला अस्पताल सिमकोटमा मृत्यु डीएसपी मगरले बताए ।

घाइते हुनेहरुमा सर्केगाड-३ उनापानीका अंग फडेरा, सिमकोट-६ का खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, अकिल रोकाया, कमल भण्डारी, सिमकोट-७ डाडाँफायाका सन्तोष सुनार, नाम्खा गाउँपालिका-१ हेप्का नुटुप लामा, नाम्गेल तामाङ, सिउधर तामाङ र खार्पुनाथ-५ का धनसिंह सुनार रहेका छन् ।

दुर्घटनामा घाइतेमध्ये नाम्गेल तामाङ, सन्तोष सुनार खगेन्द्र रावत र अंग फडेरा अवस्था गम्भीर छ । चालक आनन्द तामाङसहित डिचिन तामाङ र उनकी छोरी सन्ध्या पाण्डे भने सामान्य घाइते छन् ।