पु.समाचार

गढीमाई मेला अवधिभर विद्यालय बन्द

gadhimai mela

बारा। तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा लाग्ने मेला अवधिभर वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मेलालाई मध्यनजर गर्दै स्थानीय तहबाट प्रदान हुने स्थानीय बिदाको अधिकार प्रयोग गरी चार दिन विद्यालय विदा दिर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका शैक्षिक महाशाखाप्रमुख अरबिन्दलाल कर्णले जानकारी दिएअनुसार हाल दिइएको बिदा हिँउदे बिदाबाट कट्टी गरिनेछ  । मेला व्यवस्थापन र बाहिरबाट आउने पाउनको सुरक्षामा सम्पूर्ण सुरक्षा निकाय परिचालित हुने भएकाले बालबालिका र विद्यालयको सुरक्षाका लागि विद्यालय बन्द गरिएको हो ।

‘मधेसी महाकुम्भ’ अर्थात् प्रत्येक पाँच वर्षमा लाखौं मानिस एकै थलोमा भेला हुने यस मेलालाई संसारकै सबैभन्दा बढी बलि दीइने एकप्रकारको सम्पदाको रुपमा हेरिन्छ । गढीमाई मेलाको मूल विशेषता भनेकै बलि हो । यहां भाकल गरिए अनुसार रांगा, बोका र परेवा बलि चढाइन्छ ।

गढीमाइ मेला अवधिभर वीरगञ्जका विद्यालय बन्द