समाचार

अर्घाखाँची बस दुर्घटनामा काँग्रेसको मृतकप्रति श्रद्धान्जली र घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्घाखाँची दुर्घटनामा डेढ दर्जन भन्दा बढीको ज्यान गएकोमा दुःख ब्यक्त गरेका छन् । मृत्यु भएकाहरुमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बिज्ञप्तीमा भनेका छन्, ‘अर्घाखाँचीको सन्धीखर्कबाट वुटवलतर्फ जादै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार सन्धीखर्क नगरपालिका वडा नं. ६, नरपानीमा दुर्घटना हुँदा डेढ दर्जन भन्दा बढीको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— “सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपरान्ह सन्धीखर्क नगरपालिका—६, नरपानीमा दुर्घटना भएको खबरले निकै मर्माहित भएको छु । दुर्घटनामा परेर निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै, दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गर्दछु । सडक दुर्घटना निर्मुल गर्न जतिसक्दो चाडो विशेष अभियान अघि बढाउन पनि म सरकारलाई अनुरोध गर्दछु ।”

उक्त घटनामा परि दिवंगत हुनु भएका सम्पूर्ण व्यक्तिहरुप्रति नेपाली कांग्रेस श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’