राजनीति

सिमा विवादलाई राजनीतिक दलहरुले स्वार्थ अनुकुल बिरोधको विषय मात्रै बनाउनु गलतः बाबुराम भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टिका अध्यक्ष डा बाबुराम भट्टराईले अहिले नेपाल जटिल भु–राजनितीक अवस्थामा भएको बताएका छन् ।

दाङको तुलसिरपुरमा आज पत्रकारहरुसंगको छलफलमा डा भट्टराईले मुलुकमा अहिले चिन, भारत, अमेरीकाको त्रिपक्षय प्रस्पिर्धाको स्थिती बनी रहेकोले बेलैमा आंकल गरी कुनै पनि मुलुकतिर नढल्केर नेपालको राष्ट्रिय हितमा प्रगतिशिल राष्ट्रवादको नीति बनाउनु पर्ने बताएका छन् ।

साथै यो विषयमा पुराना शक्तिहरु चुकेको बताउँदै हरेक पार्टी अर्काे–अर्काे मुलुकतिर ढल्कंदा मुलुकको परराष्ट्रनितीको स्थिरता नभएको र मुलुकको सस्वाधिनता र सार्वभौम सत्तामाथि प्रश्न उठ्ने गरेको बताएका छन् । यहि कारण अहिले कालापानीको पुरानो विषय उठेको बताउँदै यो विषयमा राष्ट्रिय सहमती जुटाएर संमाधान गर्नका साटो दलहरुले आफनो स्वार्थका निम्ती आफनो अनुकुलतामा कहिले चर्काउने र कहिले चुप लागेर बस्ने प्रवृत्ति गलत भएको बताए ।

साथै भट्टराईले यस्तो मामिलामा स्पष्ट ढंगले सवै दलहरुको एउटै अवधारणा बनाएर नेपालको भुभागको रक्षा गर्नु सबै दल र जनताको दायीत्व हुने बताए । साथै नेपालको सिमाभित्र विदेशि सेना आएर वस्छ भने त्यस्लाई कायम गर्न नसकिने बताउँदै उनिहरुलाई हटाउने प्रकृयामा सरका जानुपर्ने बताएका छन् ।

साथै अहिलेको सरकारले राष्ट्रवादको दाबी गरेपनि त्यो ब्यबहारमा देखाउन नसकेको बताउँदै राजनीतिक तरिकाले सिमा विबाद हलगर्न सरकारलाई सुझाव दिएका छन् । सिमा विवादको समस्या एक महिना हुनै लाग्दा समेत सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको उनको भनाई छ ।