अन्तर्राष्ट्रिय

चीन कार्बन उत्सर्जन नियन्त्रणको लक्ष्य पूरा गर्न सफल

एजेन्सी । चीनको कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न चीन सफल भएको एक अधिकारीले बुधबार बताएका छन् । कुल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौति गर्न चीनलाई सफलता मिलेको हो ।

चीनले सन् २०१८ का लागि ०।१ प्रतिशत कार्बन उत्सर्जन कटौति गर्ने लक्ष्य तय गरेको थियो । ‘जलवायु परिवर्तनको सामनाः चीनको नीति तथा कार्य सम्बन्धी २०१९ वार्षिक प्रतिवेदन’ लाई बुधबार सार्वजनिक गरेको हो । वातावरण उपमन्त्री चाउ यिङ् मिनले प्रतिवेदनबारे टिप्पणी गर्दै पत्रकार सम्मेलनमा सन् २०१८ देखि चीनको कार्बन उत्सर्जन न्यूनीकरण जारी राखिएको बताउँदै भविष्यमा हरितगृह ग्याँस निष्कासनलाई नियन्त्रण गर्दै जाने बताए ।

उनले भविष्यमा चीनले सकारात्मक भूमिका निर्वाह गर्ने, बहुपक्षीय प्रणाली प्रारुपको सुरक्षा गर्ने, विभिन्न पक्षसँग प्रयास गर्दै यस वर्ष संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन बैठकमा सकारात्मक सफलतालाई पेश गर्नेगरी काम गरिरहेको बताए ।

उनले भने , “चीनले सन् २००५ को तुलनामा सन् २०१८ मा प्रति एकाइ कार्बन उत्सर्जनको कुल घरेलु उत्पादनलाई ४५।८ प्रतिशतले कमी गरेको छ । यो कार्बन उत्सर्जनका लागि चीनले सन् २०२० सम्म ४० देखि ४५ प्रतिशत कम गर्ने गरी तय गरेको तालिकासँग मिल्छ ।

तथ्याङ्कमा चीनले सन् २००५ पछि योजनाअनुसार पाँच अर्ब २६ करोड टन कम कार्बनडाइअक्साइड उत्सर्जन गरेको छ । चीनले गैर–खनिज इन्धनको उपभोग गत बर्षको अन्त्यसम्ममा १४।३ प्रतिशत पुइएको चीनको दावी छ । त्यस्तै चीनको नवीकरणीय उर्जा स्रोतबाट उत्पादन गरिएको उर्जा गत बर्ष २६।७ प्रतिशत पुगेको थियो ।

चीन जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न लिएको कार्बन उत्सर्जन नियन्त्रणर गरिबी निवारणका लागि लिएको अभियानमा शतप्रतिशत सफल रहेको मन्त्री चाउले बताए । चीनले सन् २००९ देखि लगातार जलवायु परिवर्तनको सामना सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

यस वर्षको वार्षिक प्रतिवेदनमा जलवायु परिवर्तनलाई कम गर्ने, जलवायु परिवर्तनलाई अनुकूलन पार्ने, समाजको व्यापक सहभागिता, सक्रिय रूपमा विश्वव्यापी जलवायु प्रशासनमा भाग लिने, अन्तर्रा्ष्ट्रिय सहयोग र आदान–प्रदानलाई सुदृढ पार्ने, “संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन प्रारुप सन्धि“ २५औं सम्मेलनमा चीनको अडान र प्रस्तावलगायत विषय रहेका छन् ।