अन्तर्राष्ट्रिय

इयू सांसदद्वारा यूरोपेली आयोगमा लेयनको नेतृत्वलाई अनुमोदन

एजेन्सी । जर्मनीकी उर्सुला भोनदेर लेयनको नेतृत्वमा बनेको नयाँ यूरोपेली आयोगलाई यूरोपेली संघ (इयू) ले बुधबार अनुमोदन गरेको छ । कुल मतमा लेयनको पक्षमा ४६१, विपक्षमा १५७ परेका छन् भने ८९ सदस्यले मतदानमा सहभागिता जनाएनन् ।

लेयनको नाम अनुमोदनसँगै आयोगले पहिलो पटक महिला अध्यक्ष पाउने सम्भावना बढेको छ । यद्यपि नयाँ आयोग र यसको नेतृत्वलाई आगामी डिसेम्बरभन्दा पहिले यूरोपेली परिषद्को बहुमतबाट पारित हुनुपर्छ ।

लेयन निर्वाचित भएपछि सांसदहरूलाई गरेको पहिलो सम्बोधनमा उनले यूरोपेली आयोगको यस्तो भू–राजनीतिक स्वरूपलाई जलवायु परिवर्तन समस्यासँग जुध्न र रणनीतिक स्वायत्तताका लागि खटेर काम गर्ने बताए ।

उनले भने, “विश्वशक्तिले जलवायु परिवर्तनको मुद्दालाई भाषागत विवाद र एकपक्षीयरूपमा सोच्दा सम्वोधन गर्न कठिनाई भएको बिषय भएको छ ।” उनले थप जोड दिँदै भने “विश्वले अहिलेसम्मभन्दा हाम्रो नेतृत्वलाई बढी स्वीकार गर्न आवश्यक रहेको छ ।”