आर्थिक

ग्लोबल आइएमई बैंकका ३ नयाँशाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मिति २०७६ मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्लाबजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखार सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँशाखा सञ्चालनमा ल्याएको छ ।

तीन नयाँशाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना ११लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।