राजनीति

भ्रष्टाचारमा व्यस्त सरकारको उत्तरमा काँग्रेसलाई जिताउनुको विकल्प छैनः नेता जोशी

कास्की । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले कास्की २ को निर्वाचनमा खेमराज पौडेलको जित्नु इमानदारिताको जित भएको बताएका छन् । कास्की क्षेत्र नं२ को छोरेपाटनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले नेपालले कास्कीलाई नियालिरहेको छ लोकतान्त्रिक व्यवस्थाको जित र हार कास्कीको जनताको हातमा रहेको बताए ।

कार्यक्रममा बोल्दै जोशी भ्रष्टाचार, सुनकाण्ड, बाईबडीकाण्डमा रुमलिरहेको सरकारलाई जवाफ दिन समेत रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
जोशीले जीवनभर निष्ठा त्याग समर्पणको राजनीति गरेका खेमराज पौडेलमात्र उम्मेद्वार हैन राजनीतिमा सदाचारिताका अनुयायी र कास्कीका काङ्ग्रेसका प्रत्येक कार्यकर्ता उम्मेद्वार रहेको बताए । कार्यक्रममा कास्की जिल्ला सभापति कृष्ण केसी, राष्ट्रिय सभा सदस्य बृन्दा राना, संविधान सभा सदस्य राजु थापा, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, काङ्ग्रेस नेता खिलानाथ दाहाल, श्याम खड्का, राजु खरेल, संज्ञा पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।