आर्थिक

मुक्तिनाथ विकास बैंकको एकैपटक दुई खाता खाता सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ/संस्था, विभिन्न व्यापार/व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ/संस्था तथा विषयगत सहकारी संघ/संस्था लगायत अन्य संघ/संस्थालाई लक्षित गरी“मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौन्दात रु १,००० मा कुनै पनिमाथि उल्लेखित संघ/संस्थाले यो खाताखोल्न सक्नेछन् । यस खाता खोलेका संघ/संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुकालागि ७ लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजद तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिने जनाएको छ ।

मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात रु १०० मा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुकालागि रु ७ लाखको दुर्घटना मृत्यू बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । यसका साथै, कुनै पनिसंघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाखमध्ये जुनकम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा) सुविधा प्रदान गरिनेछ । यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधातथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिजा डेबिट कार्ड प्रदान गरिनेछ ।

यस योजनाअन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ/संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुलेमात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने विकास बैंकको उद्घोष छ ।