आर्थिक

प्रभु बैंकद्वारा “डिबेञ्चर–२०८४” निष्काशन तथा विक्री प्रबन्धक नियुक्त

काठमाडौं । प्रभु बैंकले रु. १,०००।– अंकित दरको ८वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको“प्रभु बैंक डिबेञ्चर–२०८४” निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग लि.लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्तीगर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्ग लि. कातर्पmबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” को ट्रष्टीको रुपमा पनि नबिल ईन्भेष्टमेण्ट बैंकिङ्गलाई नै नियुक्तगर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृतिप्राप्त भएपश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८४” सार्वजनिक निष्काशन गरिनेछ ।

यस अघि प्रभु बैंकले प्रभु बैंक लि. निष्काशन गरेको रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिभएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी निष्काशन गरेको रु. १ अर्ब बराबरको “१०.२५५प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्रले क्ष्ऋच्ब् ल्भउब िीष्mष्तभम बाट न्युन कर्जा जोखिम“क्ष्ऋच्ब् ी(द्यद्य(” रेटिङ्ग प्राप्त गरेको थियो । उक्त ऋणपत्र माग गरेको भन्दा बढि मात्रमा खरिदका लागि आवेदन परे पछि विक्री अवधि समाप्त हुनु अगावै बन्द भएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।