समाचार

चोरिएका मोटरसाइकल फेला, ट्राफिकले सम्बन्धित मोटरसाइकलधनीलाई बुझायो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकल फेला पारी आज सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको छ ।

उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको महाशाखाले जनाएको छ । चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता रविकुमार पौडेलले जिम्मा लगाउनुभएको हो । महाशाखाबाट सबिना तामाङ, गणेश खकुरेल, प्रकाशमान सिंह, भीमप्रसाद दुलाल, तारा भण्डारी, अमित ठकुरी, राजाराम थापा, सुमन राना, सकिन खड्गी, प्रवीण सुवेदीलगायतले आजै मोटरसाईकल बुझेर लैजानुभएको छ । उहाँहरुले मोटरसाइकल खोजी गर्ने प्रहरीहरुलाई धन्यवादसमेत दिनुभयो । चालू आवमा हराएका ११८ मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।