अन्तर्राष्ट्रिय

हप्तामा दुईपल्ट च्याउ खाँदा हुन्छ यस्तो फाईदाः स्मरण शक्तिमा वृद्धि

एजेन्सी । च्याउ, आँफैमा स्वादीलो खानेकुरा सायद मन नपर्ने मान्छे कमै हुन सक्छन् । शाकाहारी खानखानेहरुका लागि त झनै मिठो परिकार मांशाहारीहरुका लागि भने त्यति नहुन पनि सक्छ ।

त्यहि च्याउ नचिनेर खाँदा वर्षेनि कयौंले अकालमा ज्यान गुमाउने गर्दछन् । तर पनि च्याउ खानुको मुदलाई मात्रै मिठो होईन यस्को फाईदाहरुपनि धेरे रहेको अनुसन्धनदाताले बताउँछन् । हप्तामा दुई पटक च्याउ खाँदा स्मरण शक्ति बढ्ने एक अनुसन्धानले देखाएको छ ।

सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ । च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ ।

मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे । तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध छ भनेर प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन ।

न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा ६ सय ६३ जना ६० वर्षमाथिका चिनियाँ मूलका मानिस समाविष्ट थिए । सन २०११ देखि २०१७ सम्म उनीहरूको आहार र विहारको अध्ययन गरिएको थियो । छ वर्षभन्दा बढी समय लगाएर गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरूले च्याउ खाँदा सिक्न र तर्क गर्न सक्ने क्षमतामा क्षय हुने सम्भावना घट्ने पत्ता लगाएका थिए ।

दुई चोटिभन्दा बढी च्याउ खानेमध्ये सयमा झन्डै नौ जनामा मात्र त्यस्तो समस्या भएको देखियो। तर हप्तामा एक चोटिभन्दा कम खानेमध्ये सयमा १९ जनामा त्यो समस्या भएको देखियो ।