सामाजिक सञ्जाल

हिंसा गर्ने मात्र नभई सहने व्यक्ति पनि हिंसाकै रुप होः नेता थापा

काठमाडौं । नेपाली कांग्रसका युवा नेता गगन कुमार थापाले हिंसा गर्ने मात्र नभई सहने व्यक्ति पनि अपराधि भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेता थापाले ‪महिला हिंसा गर्नु मात्र नभई हिंसाका विरुद्ध नबोल्नु, नलड्नु र हिंसा सहनु पनि हिंसाकै रुप भएको उल्लेख गरेका छन् ।

यस्तो प्रवृत्तिले झनै हिँसात्मक कार्यलाई प्रोत्साहन गर्ने भन्दै महिला हिंसा विरुद्धको अभियानमा सवैले प्रण गरी हामी हिंसा गर्ने छैनौं, हिंसा सहने छैनौं र हिंसाका विरुद्ध लड्ने छौं भन्ने कुरा आफनो स्टाटसमा उललेख गरेका छन् ।

उनको स्टाटसः ‪महिला हिंसा गर्नु मात्र होइन हिंसाका विरुद्ध नबोल्नु, नलड्नु र हिंसा सहनु पनि हिंसाकै रुप हो । यसले हिंसात्मक कार्यलाई नै प्रोत्साहन गर्छ । त्यसैले,आउनुहोस् महिला हिंसा विरुद्धको यस अभियानमा सवैले प्रण गरौं हामी हिंसा गर्ने छैनौं, हिंसा सहने छैनौं र हिंसाका विरुद्ध लड्ने छौं।