समाचार

अन्ततः झुके निजी मेडिकल कलेजः आजबाटै अतिरिक्त शुल्क फिर्ता गर्न सहमत

काठमाडौँ । अन्ततः मेडीकल कलेज सञ्चालक सरकारको अगाडी घुँडा टेक्दै सकारात्मक सहमती तर्फ गएको छ । सहमती संगै के अब पैसा फिर्ता गर्छ त ? भन्ने प्रश्न उठेको छ ।

सरकार र मेडीकल कलेज सञ्चालकबिच हिजो (मंगलबार) रातीसम्म भएको दुई पक्षिय छलफलमा कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ता बुधबार आजदेखि नै हुने सहमति भएको हो । सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच अतिरिक्त शुल्क फिर्ताको सहमति भएको छ ।

यसअघि हिजो नै निजि मेडीकल कलेजहरुले अतिक्ति शुल्क फिर्ता गर्न नसकिने अडान दोहोर्याएका थिए । शिक्षा मन्त्रीलाई भेटेर यस्तो बताएका थिए । सरकारले दिएको अल्टिमेटम हिजो सकिएपछि कलेजहरुलाई कारबाहिको विषयमा पुनः बैठक बसेको थियो । मंगलबार सरकारले निजि मेडीकललाई शुक्ल फिर्ताको लागी २४ घण्टे अल्टिमेटम दिएको थियो ।

किङ प्रणालीबाट विद्यार्थी भर्ना प्रक्रिया थालिएको शैक्षिक सत्र २०७४–०७५ तथा २०७५–०७६ को शुल्क बुधबारदेखि फिर्ता गर्नेगरी सहमति भएको हो । वार्तामा शैक्षिक सत्र २०७६–०७७ बाट भने चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क अनुसार विद्यार्थी भर्ना गर्ने पनि सहमति भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले (बुधबार) आजसम्म शुल्क फिर्ता नगरे कानुनी कारबाहीको निर्णय गरेको थियो । अतिरिक्त रुपमा असुल गरेको शुल्क खारेजी माग गर्दै विद्यार्थी बिगत कयौं हप्तादेखी चरणवद्ध आन्दोलनमा छन् ।

जस्का कारण कलेको पढाई समेत अस्तव्यस्त भएको छ । विद्यार्थिहरु अतिरिक्त शुल्क फिर्ता नभएसम्म आन्दोलनलाई जारी राख्ने अडानमा थिए ।