प्रदेश 1

कांग्रेस उम्मेदवारको घोषणा: विजयी भएपछि सेवासुविधा नलिने

TILAK RAI

धरान । मंसिर १४ गते हुने धरान उपमहानगरपालिका उपनिर्वाचनका लागि मेयर पदको उम्मेदवार तिलक राईले विजयी भएपछि नगरपालीकाबाट कुनै सेवा र सुविधा नलिने  घोषणा गरेका छन् । आफ्नो छोराछोरी र परिवारलाई दैनिक जिविकोर्पाजन गर्न आफ्नो सम्पती र सावारी साधन समेत रहेकाले कुनै सेवा र सुविधा नलिने उनले सार्वजनिक घोषणा गरेका हुन् ।

TILAK RAI

धरानको भानु चोमा आज(मंगलबार) आयोजित चुनावी सभामा बोल्दै  १० हजार भन्दा बढि धराने जनतासमक्ष उनले सो  घोषणा गरेका हुन् । २८ वर्ष देखि नगरपालिकामा भएको नितिगत भ्रष्टाचार बाहिर ल्याउने उद्घोष गर्दै उनले भने- “२८ वर्षसम्म नेकपाले गरेको काम निर्वाचनको मुखमा धराने जनताले पत्रपत्रिकाबाट हेरेर थाहा पाउदैछन् ।”

धराने जनताले मागेको खानेपानी, बसपार्क, सडक भटाभटा पत्रिकामा आएको भन्दै कम्युनिष्टले २८ वर्षमा धरानलाई प्रयोगशाला बनाएको उनले आरोप लगाए। उनले धराने जनतालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै धरान विकासका लागि तपाईहरुको सारथी बन्न मौका दिन उनले आग्रह समेत गरे ।

कम्युनिष्टले बढाएको कर घटाउने एजेण्डा सहित भष्ट्राचारको अन्त्य र धरानको विकासमा काम गर्ने योजनामा साथ दिन आम धराने जनतालाई रुखमा मत हालेर विजयी गराउन आग्रह समेत गरे।