मनोरञ्जन

चलचित्र ‘बल्छी धुर्वे’को शुभ साइत सम्पन्न

काठमाडौं । लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘बल्छी धुर्वे’ को मंगलबार  शुभ मूर्हुत गरिएको छ । आज(मंगलबार) महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गरिदैँ चलचित्रको घोषण गरिएको हो ।

चलचित्रको छायाँकन काठमान्डौँ लगायत नेपालका विभिन्न भागहरुमा छायाँकन गरिने कार्यक्रममा बताइएको छ । चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, राम शरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लाल प्रसाद सापकोटा र दिपक भण्डारीलगायतको मुख्य भूमिका चलचित्रमा रहेको छ ।

चलचित्रमा बाल कलाकारको रुपमा युना खड्का र समिर प्रजापतिको अभिनय रहने छ । केदार मल्लको लेखन तथा निर्देशन , शंकर अधिकारी घायलको गीत, पटकथा तथा संवाद र केदार मल्लको संगीत एवम राजेश कुमार श्रेष्ठ, संजय हमालको एरेन्जमा रहेको गीत चलचित्रमा समावेश गरिने भएको छ । चलचित्रलाई दिलिप कहरको छायाँकन, विवेक थापा र राजन मर्हजनको नृत्य रहने भएको छ ।