राजनीति

देउवासहितका नेताहरुको अनुरोधः भ्रष्टाचारी/कम्युनिष्टलाई मतदान गरेर मुलुकलाई पुनः अन्धकार नबनाउनुस्

धरान । नेपाली काग्रेसका केन्द्रीय नेताहरुले धरानवासिलाई मंसिर १४ गते हुने उप–निर्वाचनमा मत र मन बदलेर कांग्रेसलाई भोट दिएर कम्युनिष्टलाई सच्चिने मौका  दिनआग्रह गरेका छन् ।

धरानमा आयोजित बृहत चुनाबी सभामा सम्बोधनगर्दै सभापति शेरबहादुर देउवा लगाएका नेताहरुले कम्युनिष्ट सरकारले जनताको आन्दोलनबाट प्राप्ती लोकतन्त्र बिरुद्ध वर्तमान सरकार धावा बोलीरहेको आरोप लगाउदै नेताहरुले वर्तमान केपि ओलीको नेत्रित्वको सरकार भष्ट्राचारी, माफिया, कालाबजारी, गफाडी, अलोकतान्त्रिक सरकार भएकाले ९ वटा निर्वाचनमा कम्युनिष्ट पार्टीलाई मतदिएर बिजयी गराएका धरान बासीलाई यसपाली कांग्रेसलाई मतदिएर कम्युनिष्ट नेताहरुलाई तिमिहरु सच्चिनु पर्ने सन्देश दिनआग्रह गरे ।

मङलवार धरान भानु चौक आयोजना गरेको बिशाल जनसभालाई सम्बोधनगर्दै नेपाली कांग्रेसका सभापती एवं पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले बर्तमान सरकारका प्रधानमन्त्री केपी ओली राणा शासक जस्तै तानाशाही बन्दै गएको समेत आरोप लगाए । उनले सरकारले लोकतन्त्र , प्रजातन्त्रमा जनताको अधिकारलाई खुम्चाउने,अराजक शैलीमा प्रजातन्त्र बिरुद्ध कामगरिरहेको बताउँदै उनले भने” संसदलाई बन्धक बनाएर अध्यादेश मार्फत मिडिया काउन्सीलविधेयक, मानवअधिकार विधेयक, गुठि बिधेक जस्ता असंबैधानिक बिधेयकहरु ल्याएर जनताको अधिकार खोस्नखोजिरहेको छ । संवैधानिकअंगहरुलाई अधिनमा ल्याएर प्रजातान्त्रलाई निस्तेष पार्ने कामगरिरहेको छ ।“ कांग्रेसको सरकारको पालामाभएकानियुक्तिहरुलाई हटाइ रहेको छ । यसले राजनितीद्वन्द्वनिम्ताउन सक्छ भन्दै देउवालाई सचेत हुनआग्रह समेत गरे । उनले नेपालीकांग्रेसकायुवा नेतातिलक राईलाई भोट दिएर धराने जनताशिक्षित रहेको पुष्टि गर्न आग्रह समेत गरे ।

सभाका प्रमुख बक्ता रहेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले धराने जनता बदलिए मात्र धरान बिकास हुने भएकाले त्यसका लागि यसपालीको उप–निर्वाचनमा धरानका जनताले कांग्रेसका उम्मेद्वार तिलक राईलाई मत दिएर धरानलाई समृद्ध सहर र कम्युनिष्टलाई सुध्रने मौकादिन आग्रह गरे । उनले धरानको मौलिकता र आधुनिकतालाई २८ बर्ष शाशन गरेका कम्युनिष्टले भोटसंग साटेर खाएको भन्दै धराने जनता बाँचे पनि हास्न छाडेको बताए र यस धरानबासीको मुहारबाट खुशिखोस्ने काम कम्युनिष्टका नेताले गरेको आरोप समेत लगाए ।

उनले कम्युनिष्टले केहीपनि बद्ल्न नसक्ने बताउदै उनले भने “केपि ओलिको राष्ट्रबादको धोति खुस्कि सकेको छ । कम्युनिष्टका नेताहरु भष्ट्रचारीको मसियाभएर निस्किएका छन त्यसकारण कम्युनिष्टबाट केही परिवर्तन पनि सम्भव छैन” । बिगतमा केपि ओलिले देखाएको सपना सम्झदै थापाले भने कुरामात्र गर्ने यो सरकार गफाडी हो। दुई बर्षमा आउछ भनेको पानी जहाज र रेल खै कहाँ सम्म आयो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने युवा रोजगारीको कुरा कहाँ पुग्यो दुईबर्षमा नेपालमा ५ सय उद्योग बन्द भइ सकेको छ । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले शाहि आयोग जस्तै बनाउने योजना रहेको बताउदै उनले भने सरकारले सुचना प्रबिधि ऐन ल्याएर मिडियालाई अंकुस लगाउदैछ, करले जनताको ढाड सेकेर राष्ट्रपतीलाई महारानीको रुपमा अलोकप्रिय बनाउदैछ, नेपाली जनताको स्वतन्त्रता हरण गर्ने काम केपिओलिले गर्दैछ , भारतले सिमामिच्दापनि सरकार चुइक्कबोल्दैन, वाइडवडि काण्डले सरकार भष्ट्रचारीको अखडा हो भन्ने पुष्टि भइसकेको छ , तर पनि केपि ओलि लाज पचाएर बसेका छन् अब यो कम्युनिष्ट सरकारको घमण्ड धरानबाट तोड्नु पर्छ“ गंगनले धराने जनतालाई स्वादबदल्न आग्रह गरे ।

सभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार अधिनायकबादी, भ्रष्टाचारी, बिकास बिरोधीभएको आरोप लगाइन् । उनले हत्या हिंसा, बलात्कार, भ्रष्टाचारलाई संरकारले प्रश्रय दिएको बताउदै उनले भनिन सरकारले देशमा मच्चाएको लुटतन्त्र बिरुद्ध धरानबासी कांग्रेसको तिलक राईलाई मतदिनु पर्छ । वाइडवडी, बुढिगण्डकी, मेलभ्ची, वालुबाटर काण्ड, सुनकाण्डले पिल्सिएको काण्डै काण्डको सरकारलाई खबरदारी स्वरुप परिवर्तनको पक्षधर युवा नेतातिलक राई धरानको बिकासको योग्य पात्र भएको दाबी उनले गरिन्।

त्यस्तै नेपालीकांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री महेश आचार्यले प्रदेश नं १ को प्रमुखमा धनकुटाका प्रा.डा.गोबिन्द सुब्बालाई हटाएर कास्कीका नेतालाइ प्रदेश प्रमुखमा नियुक्ती दिएर आदिबासी जनजातीको सरकारलाई पक्षपाती गरेको बताए । उनले सरकारलाई गल्ती गरेको महशुस गराउन कांग्रेसको पक्षमा मतदान गर्न आग्रहगर्दै उनले भने कांग्रेसका तिलकले धरानलाई एकताको सहर बनाउने छन्, धरानलाइ पुर्बी पहाडी क्षेत्रको केन्द्रको रुप दिनेछन्, कम्युनिष्टले धराने जनतालाई भोट बैंकको बनाउदै आएको बताउदै आचार्यले भने गत साता हङकङमा भएको निर्वाचन जस्तै धरानमा धराने जनताले ९५ प्रतिशत मत कांग्रेसलाई दिने दाबी गरे।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले ऐतिहासिक सहर धरानलाई कम्युनिष्टले कुरुप सहर बनाएको आरोप लगाए । उनले धरानको पौराणिकतालाई जिवित राख्न कांग्रेसलाई मतहाल्न आग्रहगर्दै भने, ‘सुकुम्बासीलाई लालपुर्जा दिन्छु भन्ने गफाडी कम्युनिष्टले महा सचिब बिष्णु पौडेललाई बालुवाटारको जमिन पास गरिदिइसकेको छ । अब गरिब जनताको वकालत गर्छु भनेर झुटोको खोतिगर्ने कम्युनिष्ट सरकारको कुरा बिश्वास नगर्न आग्रहगर्दै धराने जनतालाई कांग्रेसलाई मतदिनुस्’ भनेका छन् ।

क्षेत्रिय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मेयरका उमेदवार तिलक राईले बिजयी भएपछि नगरपालीकाबाट कुनै सेवा र सुबिधा नलिने समेत घोषणा गरे । उनले बिजयीपश्चात् २८ बर्ष देखि नगरपालिकामा भएको नितिगत भष्ट्रचार बाहिर ल्याउने उद्घोष गर्दै उनले भने २८ बर्ष सम्मा नेकपाले गरेको आमनिर्वाचनको मुखमा धराने जनताले पत्रपत्रिकाबाट हेरेर महशुष गर्दैछन्, धराने जनताले मागेको खानेपानी, बसपार्क , सडकहरु भटाभटा पत्रिकामा आएको भन्दै कम्युनिष्टले २८ बर्षमा धरानलाई प्रयोगसाला बनाएको दाबि गरे। उनले धराने जनतालाइ परिवर्तनको पक्षमा उभिन आग्रहगर्दै धरान बिकासका लागि तपाइहरुको सारथि बन्न मौका दिन उनले आग्रह समेत गरे । कम्युनिस्टले बढाएको कर घटाउने एजेण्डा सहित भ्रष्टाचारको अन्त्य र धरानको बिकासमा कामगर्ने योजनामा साथदिनआम धराने जनतालाई रुखमा मतहालेर बिजयी गराउनआग्रह समेत गरे।

नेपाली कांग्रेसका जिल्ला सचिब सुजेन्द गोले तामाङ्गले सन्चालन गरेको कार्यक्रंममा नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधि, केन्द्रीय सदस्य रामसरण महतलगायका नेताहरुले धरानको सुकुम्बासी समस्यको अन्त्य गराउनतिलक राईको जित अनिवार्य रहेको बताउदै उनिहरुले हाल बर्तमान सरकारको रबैयाका कारण एक दलिय सोच र प्रणालीको अन्त्य गराउन धरानलगायतका देशभरकाजनताहरु एक भएको र हुन जरुरी रहेको दाबी गरे।